तेक्वान्दो धादिङको अध्यक्षमा अमृत तामाङ

Avatar photo
Dhadingpost
असार १०, २०७५
Amrit tamang

धादिङ असार १० । राष्ट्रिय तेक्वान्दो संघ- नेपाल जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा अमृत तामाङ चयन भएका छन् ।

धादिङमा नियमित तेक्वान्दो शिक्षकको रुपमा काम गर्दै आएका तामाङ शनिबार भएको भेलाबाट अध्यक्षमा चुनिएका हुन् ।

भेलाले जिल्ला समितिमा उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, सचिव सपना तामाङ, सहसचिवमा मरियम तामाङ, कोषाध्यक्षमा ज्ञानीमायाँ तामाङ र सदस्यहरुमा विनेश थापा, सिताराम सुवेदीलाई चयन गरेको छ । यस्तै भेलाले राजुराज पाण्डे, ज्ञानु थापा र दिपक ठकुरी रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

अन्तराष्ट्रिय स्तरमा नेपाललाई धेरै पदक दिलाउने खेलमा कराँते र तेक्वान्दो पर्छन् । नेपालका हरेक सहर बजारमा स्कुले नानी बाबु देखि युवाहरु कराँते र तेक्वान्दोमा रमाइ रहेका हुन्छन् ।

धादिङमा पनि युवा जोस र खेलकुद पत्रकार समेत रहेका तामाङ अध्यक्षमा राष्ट्रिय तेक्वान्दो नेपाल जिल्ला कार्यसमिति गठन गरिए सँगै यस खेलले थप महत्व राख्ने बताईएको छ ।