तामाङ घेदुङ नीलकण्ठको अध्यक्षमा अमृत तामाङ

Avatar photo
Dhadingpost
असार ७, २०७५

धादिङ असार ७ । नेपाल तामाङ घेदुङ संघ निलकण्ठ नगर पालिका धादिङको अध्यक्ष पदमा अमृत तामाङ चयन भएका छन् ।
धादिङबेसीमा बुधबार सम्पन्न नगरापालिका स्तरीय भेलाले अमृत तामाङ अध्यक्ष रहने गरि १५ सदस्यीय नगरपालिका स्तरीय तामाङ घेदुङ गठन भएको हो ।
जसको उपाध्यक्षमा कुमारी मम्बा र धन बा फ्युबा, सचिव बिमल तामाङ, सचिव राम बा तामाङ, कोषाध्यक्ष सलिना तामाङ रहेका छन् ।
सदस्यहरुमा श्याम तामाङ, कान्छी तामाङ, सिमाया तामाङ , मेलिना तामाङ, इसु तामाङ, सलिना तामाङ, मनिशा तामाङ बेग बा तामाङ, दिलिप तामाङ, पुर्ण तामाङ रहेका छन् ।