ट्युनिसियाविरुद्ध इङ्गल्याण्ड २–१ ले विजयी

Avatar photo
Dhadingpost
असार ५, २०७५

काठमाडौं, असार ५ । विश्वकप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो ।

इङ्गल्याण्डले ट्युनिसियालाई २–१ ले हराएको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो ।

विश्वकपमा अफ्रिकी देशसँग अपराजित यात्रालाई पनि इङ्गल्याण्डले कायमै राख्न सफल भयो । विश्वकपमा अफ्रिकी देशसँग भएका ७ खेलमध्ये इङ्गल्याण्डले चारमा जित र तीनमा बराबरी गरेको छ ।

इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा परिणत गरेका थिए ।

यो जितसँगै समूह जीमा रहेको इङ्गल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह जीमा नै रहेको बेल्जियमले पनि पनामालाई पराजित गर्दै समान तीन अंक जोडेको छ ।