धादिङमा उच्च मावि शिक्षक एशोसिएसन गठन

Avatar photo
Dhadingpost
असार ४, २०७५

धादिङ असार ४ । उच्च माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपाल धादिङ गठन भएको छ ।

धादिङबेसीमा आइतबार जम्मा भएका धादिङका उच्च माध्यमिक विद्यालय शिक्षकहरुले माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपालका केन्द्रिय सदस्य समेत रहेका सिद्धलेक गाउँपलिकाका पूर्णप्रसाद सिंखडाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् ।

शिक्षाको संघिय ऐन तयार हुँदै गर्दा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको समस्या समेत समाधान हुने गरी ऐनमा समावेश गर्न हाम्रो पहिलो एजेण्डा हुने संयोजक सिंखडाले धादिङपोष्टलाई बताए ।

धादिङ जिल्लामा मात्र १०२ जनाले उच्च माविमा पढाउँछन्, उनीहरुको पेशागत अधिकार, तालिम सेवा सुविधा लगायका मागहरुलाई संस्थागत रुपमा प्रस्तुत गर्न शिक्षक एशोसिएसन गठन गरिएको बताए ।

माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपाल धादिङको तदर्थ समिति

संयोजक
पुर्णप्रसाद सिंखडा
सदस्यहरु
सुशिलकुमार माझी
अशोक कुमार घिमिरे
विष्णुप्रसाद पंगेनी
सुवास खनाल
अमृता खतिवडा
राजेन्द्र श्रेष्ठ
उमाकान्त कलौनी
नविन श्रेष्ठ
उमेश श्रेष्ठ
भुवनबहादुर थापामगर
सिमानन्द पौडेल
रोजमान सिं कार्की
मनोज कुमार तामाङ
सुनिता मिश्र