ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्य

Avatar photo
Dhadingpost
असार ३, २०७५

गोरखा, असार ३ । गोरखा नगरपालिका–९ कट्टेलचोक नजिकै शनिबार ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कट्टेलडाँडाबाट खोलखोले आउँदै गरेको ग १ त ५१९२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब ३० फिट तल खसेको छ । सडकबाट खसेको ट्याक्टरले च्यापिएर मगरको घटनास्थलमै ज्यान गएको डिएसपी भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा दाङ घर भइ हाल गोरखाको इँट्टाभट्टामा मजदुरी गर्दै आएका अन्दाजी २२ वर्षीय सुनिल मगर रहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ । फरार रहेका चालकको खोजी कार्य भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।