धादिङका पालिका अध्यक्षलाई राजीनामा गर्न पत्रचार

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लाका नगरपालिका र गाउँपालिका अध्यक्षहरुलाई विप्लव नेतृत्वको नेकपा धादिङको जनसत्ताले राजीनामा गर्न पत्राचार गरेको छ ।

राज्यशक्तिको दुरुपयोग गरि जनतामाथि शासन लाद्ने भ्रष्टचारी कालाबजारीको पक्षपोषण गर्ने दलाली संसदीय सत्ताको कलंक नबन्न कथित निर्वाचित भनिएको अध्यक्ष, प्रमुख पदबाट राजीनामा दिन भन्दै जनसत्ता प्रमुखले पत्रचार गरेका हुन् ।

धादिङको अधिकाँश नगरपालिका र गाउँपालिका प्रमुखहरुलाई पत्र दिई सकेका छौ बाकी लाई पत्र बुझाउने तयारीमा रहेकोजिल्ला जनपरिषद धादिङका प्रमुख आकाशले धादिङपोष्टलाई बताए ।

सेक्रेटरी आकाश भन्छन्– हामीले राजीनामा दिन आग्रह गरेका छौ, अटेर गरि दलालकै पक्षमा रहने वा जनताको पक्षमा रहने त्यो उहाहरुको कुरा हो । अटेर गरे वर्गआन्दोलनमा उनीहरु पनि पर्दछन् ।