
धादिङ जेष्ठ २८ । फेसबुकमा ‘बिद्रोही दमन धादिङ्गे’ नामले चिनिने दमन ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा अनावश्यक गाली गलौज गरेको भन्ने उजुरीको आधारमा प्रहरीले ढुङ्गाना पक्राउ गरेको हो ।
इटहरीबाट पत्रकारीता गरि रहेका पत्रकार मिलन बिछोड र बिराट अनुपमले उन विरुद्ध उजुरी दिएका थिए ।
केहि दिन अगी पत्रकार मिलन बिछोडले फेसबुकमा अन्फ्रेन्ड गरेपछी उनले पत्रकारको बिरुद्धमा पोस्ट गर्दै ‘राज्यको चौथो अंग भन्दै पत्रकारीता हैन पार्टीकारीता गर्ने महान् बिचारका धनिहरु आफैले लेखेका स्टाटसमा अलोचना खेप्न नसकी अनफ्रेन्ड गरेछन् ।’ भनेर फेसबुकमा पोस्ट गरेका थिए ।

त्यसको केहि दिनमा सिजन गुरुङ्ग रिहाइ भए पश्चात् ‘तरुण दलका सिजन गरुङ्ग छुटे अब आफूलाई महान कम्युनिष्ट पत्रकार मान्ने बिराट अनुपम र मिलन बिछोडको आदेश सुन्न पाँउ’ भनेर अर्को पोस्ट गरेका थिए ।

ढुङ्गानाले पत्रकार मिलन बिछोडलाई संकेत गर्दै ‘जाँदाजादै कहाँको एप्पी वान एच।डी कहाँको आसेपासे भतुवा’ भनेर अर्को पोस्ट गरेका थिए ।

पत्रकार मिलन बिछोड र बिराट अनुपमले जेष्ठ २६ गते ढुङ्गाना बिरुद्धमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दर्ता गराए ।
प्रहरीले ढुङ्गानालाई आइतबार बिहान इटहरी स्थीत उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई कुन मुद्धा चलाउने भन्ने बारेमा थप प्रमाणको खोजी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जनाकारी दिएका छन् ।
