धादिङमा ५ सय जर्सी विक्यो, यस्तो छ विश्वकप चर्चा

Avatar photo
Dhadingpost
जेष्ठ २८, २०७५


धादिङ जेष्ठ २८ । विश्वकप फुटबल सुरु हुने दुई दिन अगाडी सम्म धादिङबेसीमा मात्र ५ सय भन्दा बढी जर्सी विक्रि भएको छ ।

सबैभन्दा बढी अर्जेन्टिनाको, त्यसपछि ब्राजिल, जर्मन लगायत देशहरुको जर्सी विक्रि भएको स्थानिय व्यवसायीहरुले बताएका छन् ।

धेरैजसो विज्ञहरूले यसपालि अर्जेन्टिना र जर्मनी फाइनलमा पुग्न सक्ने सम्भावना रहेको बताएका छन् । त्यसपछि फ्रान्स र ब्राजिलकोको नाम आइरहेको छ ।

बेल्जियम, स्पेन, पोर्चुगल र इंग्ल्यान्ड पनि क्वार्टरफाइनलसम्म चाहिँ पुग्ने अनि ताल परे फाइनलमै पुग्ने अनुमान गरिएको छ ।

टप वेबसाइटहरूले खेलाडीको प्रदर्शन, टीमको प्रदर्शन, –यांकिङ लगायतका आधारमा पूर्वानुमान गरेका हुन् ।

उता ब्राजिलका महानतम खेलाडी पेलेले चाहिँ आफ्नै टोलीलाई यसपालिको दाबेदार मानिरहेका छैनन् । ब्राजिल टीम सन्तुलित नभएको उनको भनाइ छ ।

अहिलेसम्मका विश्वकपमा २४ टोली मात्र सेमिफाइनलमा पुगेका छन् । तीमध्ये १२ टोलीले मात्र फाइनल खेलेका छन् अनि आठ टोली च्याम्पियन बनेका छन् ।

धादिङगेहरुको फेसबुकमा देखिएका दृष्य