
धादिङबेसी जेष्ठ २५ । विश्वकप २०१८ को फुटबल प्रतियोगितामा सहभागी देशहरुको समर्थकहरु बीच धादिङबेसीमा दोस्रो जिल्ला स्तरीय फुटसल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ ।
लिग चरण पार गर्दै टिमहरु अर्जेनटिना, रोयल, अफ्रिका र ब्राजिल सेमिफाइनल सेमी फाइनल प्रबेस गरेका छन् ।
विहानको पहिलो र देस्रो खेल क्रमस अर्जेनटीना र रोयल बीच, ब्राजिल र अफ्रिका बीच हुनेछ ।
धादिङ फुटसल एकेडेमीको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो फुटसल प्रतियोगितामा ७ टिमले भाग लिएकोमा ४ टिम सेमी फाइनल प्रबेस गरेको फुटसल एकेडेमीका संचालक गोपीकृष्ण भण्डारीले बताए ।
नगद १८ हजार प्रथम पुरस्कार राशी रहेको उक्त प्रतियोगिताको सेमी फाइनल शनिबार बिहान र फाइनल खेल शनिबार बेलुका हुने समेत संचालक भण्डारीले धादिङपोष्टलाई बताए ।
प्रतियोगितामा सान्तोना स्थान हासिल गर्ने टिमले नगद ७ हजार प्राप्त गर्ने छन् ।
