
काठमाडौँ, जेठ २४ । संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।
वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलरपार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ।
जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन्।
सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताएका हुन्।
