फोहोरको थुप्रोमा भेटियाे शिशु, महिला प्रहरीले गराइन् स्तनपान

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७५

नयाँदिल्ली, जेठ २३ । दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरी फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएकी छिन् ।

शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।

महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।

महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् ।

शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए ।