
काठमाडौं, जेठ २३ । एपिएफलाई ७० रनले पराजित गर्दै मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।
सबै ४ खेलमा जित हात पार्दै आर्मीले सेमिफाइलनमा स्थान बनाएको हो । हारका बावजुद पनि एपिएफ तालिकामा ६ अंक जोड्दै समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम चारमा प्रवेश पाएको हो भने अन्य तीन टोली ४ खेलबाट समान २/२ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
मंगलबारै मूलपानीमा सम्पन्न अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको प्रदेश नम्बर ७ रनरेटका आधारमा पछि पर्दै प्रदेश नम्बर ५ भन्दा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । पराजित प्रदेश नम्बर ३ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पानी परेपछि ४० ओभरमा घटाइएको खेलमा आर्मीले टस हारेर पहिला ब्याटिङ गर्दै २ सय २९ रनको लक्ष्य एपिएफ सामु प्रस्तुत गरेको थियो ।
बलिङतर्फ एपिएफका लागि भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए भने कमलसिंह ऐरी, वसन्त रेग्मी, करण केसी र पृथु बास्कोटले समान १र१ विकेट हात पारे । ८ ओभर किफायती बलिङ गरेका करण केसीले १ मेडन राख्दै ३६ रन खर्चिएर १ विकेट हात पारे ।
उता २ सय २९ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्न आएको एपिएफका लागि नवौं नम्बरमा ब्याटिङ गरेका अमरसिंह राउटेलाले अविजित २९ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन । अन्य ब्याट्सम्यानमा रोहितकुमार पौडेलले २८, भुवन कार्कीले २६, अनिल शाहले २५ तथा सुवास खकुरेलले २२ रन जोडेका थिए । एपिएफका लागि करण केसी, वसन्त रेग्मी र कमलसिंह ऐरी खाता नै नखोली पवेलियन फर्कंदा अन्य दुई खेलाडी अन्डर ५ मा आउट भएका थिए ।
एपिएफको इनिङलाई सस्तैमा समेट्न आर्मीका बलर सोमपाल कामीले ३ तथा सुसन भारी, सागर पुन र साहब आलमले समान २र२ विकेट लिए । समूह ‘ए’ को विजेता आर्मीले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता तथा हारका बावजुद पनि सेमिफाइलनमा स्थान बनाएको एपिएफले समूह बी को विजेतासँग खेल्नेछ ।
प्रदेश नम्बर ३ को इनिङलाई कम स्कोरमा रोक्न रामनरेश गिरीले सर्वाधिक ३ विकेट लिए भने ललित भण्डारीले २ तथा आरिफ शेख र ललितनारायण राजवंशीले समान १ ÷१ विकेट लि । प्रतियोगितामा बुधबार कीर्तिपुर स्थत त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ‘बी’ का शीर्ष दुई टोली नेपाल पुलिस क्लब र प्रदेश नम्बर ५ बीच खेल हुनेछ ।
