९५३ बन्दीलार्इ जेलमुक्त गर्न युएई राष्ट्रपतिको आदेश

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७५

युएई । युएईमा विभिन्न कारणले जेल जिबन बिताउन बाध्य ९५३ बन्दी लाई युएई सरकारले आम माफी दिने भएको छ ।

युएईका राष्ट्रपतिको शेख खलिफा विन जायद अल नायानले जेलमा रहेका विभिन्न देशका बन्दिलाइ मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अबसरमा जेलमुक्त गर्न आदेश दिएका हुन ।

युएईका जेलमा रहेका बन्दी आफ्नो देश फर्केर नयाँ जीवन को सुरवात गर्दै आफ्नो परिवार सङ खुशी साथ रहन सकुन भन्ने उदेश्य सहित जेल मुक्त गर्न लागेको अनलाईन पत्रिका गल्फ न्युजमा उल्लेख छ ।

के कस्ता कारणले जेल परेका र कस्ता कस्ता बन्दी लाई जेल मुक्त गर्न नखुलाइएको भएपनी आदेश भने दिइएको बताइएको छ ।