संजय देवकोटा
धादिङबेसी फागुन २६ । नेसनल प्याब्सन धादिङले आयोजना गरेको जिल्ला स्तरीय जिल्ला स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता मण्डली इङ्ग्लिस बोर्डिङ स्कुलले जितेका छ ।
नेसनल प्याब्सन धादिङको वार्षिक कार्यक्रम अनुसार नेसनल प्याब्सन सँग आवद्ध धादिङका प्राथमिक तह अन्तरगत भएको अङ्ग्रेजी हिज्जे प्रतियोगिता मण्डलीले जितेको हो ।
न्यु किबो बोर्डिङ स्कुल पुछार बजार धादिङवेसीको प्राङ्गणमा भएको कार्यक्रममा नेसनल प्याब्सन धादिङमा आबद्ध १२ विद्यालयको सहभागिता रहेको थियो ।
एन प्याब्सन धादिङका अध्यक्ष काशिनाथ कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य कृष्ण प्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताबाट मण्डली इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम, दिव्यज्योति बोर्डिङ स्कुल द्धितीय र न्यु किबो बोर्डिङ स्कुल तृतीय भएका छन् । विजयी विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारले पुरष्कृत गरिएको थियो ।
