नेपाल र युएईको खेल आज

Avatar photo
Dhadingpost
असार ३१, २०७४

युएई, असार ३१ । ए एफसी यू–२३ च्याम्पियनसीपको छनोट चरणका खेलमा नेपाल र युएई बीचको आज प्रतिस्पर्धा आज हुने भएको छ ।

समुह डी मा परेको नेपालले छनोट चरणको पहिलो खेल युएईसंग आज नेपाली समय अनुसार बेलुका बेलुका ८ बजेर १० मिनेटमा खेल्न लागेको हो ।

अलऐन स्थित तहनोन बिन मोहमद रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षकमा राजु काजी शाक्य सहित राष्ट्रिय फुटबल कप्तान विमल घर्तीमगरको नेतृत्वमा खेलाडीहरू एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी, अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी, हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत,अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ बिहिबारनै युएई पुगेका छन् ।