
धादिङ, असार ९- धादिङको बेनिघाटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौबाट मुग्लिन जाँदै गरेको ना ६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङमा पुलबाट हुग्दी खोलामा खस्दा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटका सन्जु राई, गडिमाई नगरपालिकाका नरबहादुर खत्री र पर्साका जीवन लामा छन् ।
