सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

Avatar photo
Dhadingpost
असार ६, २०७४

धादिङ, असार ६-हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ।

‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन।

उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड  बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने।

रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।