भारतको कानपुरमा रेल दुर्घटना ५५ को मृत्यु

Avatar photo
Dhadingpost
मंसिर ५, २०७३

धादिङ मंसिर ५-

india-train-accident

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो।

पटना-इन्डोर एक्सप्रेसका १४ डिब्बा पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतीय अधिकारीहरूका अनुसार अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

समाचार अनुसार स्लिपर क्लासका ६ र एसी क्लासका ३ डिब्बा पूरै दुर्घटनाग्रस्त छन्।  मृत्यु हुने अधिकांश यही डिब्बाका यात्री रहेको भारतीय प्रहरीले जनाएको छ। युपी प्रहरीका अनुसार सबैभन्दा बढी हाताहाती एस १ र एस ३ डिब्बाका यात्री छन्।

यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले रेल दुर्घटनाको बारेमा छानबिन गर्न आदेश दिएका छन्। भारतीय रेलवे सेवाले एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न निर्देशन दिएको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले रेल दुर्घटनाबाट आफू अत्यान्त दुखी भएको भन्दै  ट्विट गरेका छन्।

यस्तै गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुखी हुँदै उद्धार र उपचारको लागि तत्काल व्यवस्था गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

यूपीका सीएम अखिलेश यादवले कानपुर ट्रेन दुर्घटनाका घाइतेको उद्धार र उपचारका लागि सबैसँग आग्रह गरेका छन्।एजेन्सी