महरा सुटुक्क चीन प्रस्थान

Avatar photo
Dhadingpost
भदौ २५, २०७३
धादिङ भदौ २५
timthumb
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज सुटुक्क चीनतर्फ प्रस्थान गरेका छन्।
छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उनी चीन गएको उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए।
उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उनी आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ । रासस