अब पाठ्यक्रममै स्काउट समावेश हुने

Avatar photo
Dhadingpost
भदौ १३, २०७३

धादिङ भदौ १३

nepal-scout

विश्व स्काउट महिला सङ्गठनको १२औं एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । एक सातासम्म चल्ने यो अन्तर्राष्ट्रिय सम्मेलनमा २६ देशका २ सय ५० भन्दा बढि स्काउटीहरु सहभागी छन् ।

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पुर्‍याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेश गरिने बताइन् ।

स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवृद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको बताए ।