एमए दोस्रो वर्षको नतिजा प्रकाशित

Avatar photo
Dhadingpost
भदौ १२, २०७३

धादिङ भदौ १२

tribhuvan-university

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को नेपाली विषयको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल अाइतबार प्रकाशन गरिएको छ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ। साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ। रासस