
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुनिबेसी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुदिप पाठकको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको छ ।
त्यसैगरी उपसभापतिमा अशोक कुमार पाण्डे, सचिवमा जीवन लुईटेल तथा सह–सचिवमा मनीषा भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा प्रपिणकुमार भट्टराई, जीवन कुँवर लामिछाने, उमेश राना, राजेन्द्र क्षेत्री, कपिल प्रसाद पाठक, अम्बिका न्याैपाने रेग्मी, शिवकुमार कुँवर, रिकेश धिताल तथा रिता सुनार चयन भएका छन् ।
अधिवेशनले जिल्ला प्रतिनिधिसमेत चयन गरेको छ । जिल्ला प्रतिनिधिमा दिलीप उप्रेती, उमेश सुवेदी, वसन्त गजुरेल र प्रकाश बयलकोटी चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा प्रविण थापा र देवराज गजुरेल तथा महाधिवेशन प्रतिनिधिमा समीर रेग्मी र सुरेश गजुरेल चयन भएको जनाइएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई दिँदै संगठनलाई थप सुदृढ बनाउन सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
