धादिङमा पतञ्जलि योगका तीन समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व घोषणा

Avatar photo
Dhadingpost
बैशाख २३, २०८३

धादिङ । पतञ्जलि योग धादिङसँग सम्बन्धित तीनवटा समितिको संयुक्त प्रथम जिल्ला सम्मेलन तथा चौथो अधिवेशन धादिङमा सम्पन्न भएको छ । अधिवेशनले महिला, पुरुष तथा युवा गरी तीनै समितिको नयाँ कार्यसमिति घोषणा गरेको छ ।

कार्यक्रममा महिला पतञ्जलि योग समिति नेपालकी केन्द्रीय प्रभारी पूज्य साध्वी देवादिती तथा पतञ्जलि योग समिति बागमती प्रदेशका प्रभारी एवं केन्द्रीय सदस्य ग्रोवेन तौजल्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिमा नयाँ नेतृत्व सार्वजनिक गरिएको हो ।

महिला पतञ्जलि योग समिति (नव गठित)

नवगठित महिला समितिको प्रभारीमा राममाया बुढाथोकी चयन हुनुभएको छ भने सह-प्रभारीमा सुमिला श्रेष्ठ र पार्वती मगर रहनुभएको छ ।
महामन्त्रीमा अम्बिका सुवेदी, संगठन मन्त्रीमा जयन्ती रेग्मी, कोषाध्यक्षमा मित्री श्रेष्ठ र मन्त्रीमा निर्मला अधिकारी चयन हुनुभएको छ ।
योग प्रशिक्षण प्रभारीमा भगवानी अधिकारी तथा सोसल मिडिया प्रभारीमा सुशिला रिजाल चयन हुनुभएको छ ।

सदस्यहरूमा गोमा रिमाल रुपाखेती, मञ्जु त्रिपाठी, अस्मिता रिमाल, दुर्गा अधिकारी, विन्दा ढुंगाना, सीता खनाल र लक्ष्मी सिलवाल रहनुभएको छ ।
सल्लाहकारहरूमा सरस्वती पाण्डे, फूलमाया महर्जन, चमेली काप्री, कल्पना थापा र विन्दा सिलवाल चयन हुनुभएको छ ।

पतञ्जलि योग समिति (नव गठित)

जिल्ला समितिको प्रभारीमा बद्री प्रसाद सुवेदी चयन हुनुभएको छ भने सह-प्रभारीमा गणेश कुमार श्रेष्ठ र दिपनारायण खतिवडा (शिवराम) रहनुभएको छ ।
महामन्त्रीमा कुमार बहादुर बुढाथोकी, संगठन मन्त्रीमा कृष्ण प्रसाद लम्साल, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ तथा राजेन्द्र ढुंगाना चयन हुनुभएको छ ।
मन्त्रीमा राजेन्द्र ढुंगाना, योग प्रशिक्षण प्रभारीमा पदम कुमार तामाङ र सोसल मिडिया प्रभारीमा पहलमान श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरूमा भुवन कडेल, सादुराम ढकाल, कृष्ण प्रसाद अधिकारी, राम बहादुर श्रेष्ठ, जयराम अर्याल, पुष्प थपलिया र कृष्णराम कडेल रहनुभएको छ ।
सल्लाहकारहरूमा गोपाल कडेल, कर्ण तामाङ, सन्दीप प्रसाद घिमिरे, यम बहादुर श्रेष्ठ र विनोद बाबु रिमाल चयन हुनुभएको छ ।

पतञ्जलि युवा योग समिति (नव गठित)

युवा समितिको संरक्षकमा दीपक अर्याल चयन हुनुभएको छ ।
संयोजकमा रमेश अधिकारी, सह-संयोजकमा ललिता रेग्मी, संगठन सचिवमा राजाराम खतिवडा र कोषाध्यक्षमा गीता पाण्डे चयन हुनुभएको छ ।

सदस्यहरूमा मेलिना श्रेष्ठ, विष्णु श्रेष्ठ, यशोधा खनाल, दिलकुमारी मगर, सान्त्वना सुवेदी, हरिराम खतिवडा, अथर्व मैनाली र सुस्मिता बिसुन्खे रहनुभएको छ ।

अधिवेशनले योग अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्यसहित नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको आयोजकले जनाएको छ ।