कांग्रेसको समानुपातिक बन्द सूचीमा धादिङबाट तीन जना

Avatar photo
Dhadingpost
पुस १५, २०८२

धादिङ – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट तीन जनाको नाम समावेश भएको छ।

बन्द सूचीअनुसार, कांग्रेसको धादिङबाट शान्ता कुमारी तामाङ, सीता थपलिया (उर्मिला) र सेतेमान तामाङ समानुपातिक सूचीमा परेका छन्।

यसअघि, कांग्रेस धादिङले समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेका उम्मेदवारहरूको विवरण यस प्रकार छ:

निर्वाचन क्षेत्र नम्बर–१ (समानुपातिकतर्फ सिफारिस)

  • उर्मिला थपलिया
  • कविता इटनी
  • भक्तकृष्ण सापकोटा
  • ज्ञानेन्द्र सिलवाल

निर्वाचन क्षेत्र नम्बर–२ (समानुपातिकतर्फ सिफारिस)

  • दिलमान पाख्रिन
  • चीजकुमार श्रेष्ठ
  • अर्जुनबहादुर थापा
  • सेतेमान तामाङ
  • बालकृष्ण नेपाली
  • शान्ताकुमारी तामाङ
  • भगवती उप्रेती
  • रीता थापा मगर