
धादिङ । आज बिहान मध्यबिन्दु नगरपालिका–८, गडारखोलाजवट पूर्व–पश्चिम राजमार्गमा भएको बस–स्कुटर ठक्करमा धादिङ नीलकण्ठ नगरपालिका–५ का २६ वर्षीय शिवजी ओस्तीको मृत्यु भएको स्थानीय कृष्ण दाहालले बताए।
प्रहरीका अनुसार बिहान ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र. ०२-०२२प ८९५५ नं. स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको सु.प्र.०२ (००१ख १३७१ नं. बसले ठक्कर दिएको थियो।
दुर्घटनामा शिवजी ओस्ती गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा ल्याइएकोमा बिहान ५:२८ बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ। उनका शव अस्पतालमै राखिएको छ ।
स्कुटरमा पछाडि सवार उदयपुर गाईघाटकी २१ वर्षीया निरु शाह दाहिने खुट्टामा चोट लागेर घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको र अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
