धादिङका डा. राम थापा क्षेत्री मेडिकल काउन्सिलको सदस्यमा उम्मेदवार

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८२

धादिङ । सामाजिक सेवामा सक्रिय र अनुशासित स्वास्थ्यकर्मीको छवि बनाएका धादिङ शान्तबजारका डा. राम थापा क्षेत्री आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।

यसपटक काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन हुँदैछ।
उम्मेदवारी दर्तापछि डा. क्षेत्रीले काउन्सिललाई पूर्णरूपमा पेपरलेस बनाउने, सेवालाई डिजिटलाइज गर्दै पारदर्शिता बढाउने, र चिकित्सकहरूको अभ्यासलाई प्रोटोकलअनुसार प्रभावकारी अनुगमन गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए।

कानुनअनुसार—

  • उपाध्यक्षका लागि चिकित्सकसँग कम्तीमा १५ वर्षको अनुभव हुनुपर्छ।
  • सदस्यका लागि ५ वर्षको अनुभव भएको दर्तावाला चिकित्सकले उम्मेदवारी दिन पाउँछ।

निर्वाचन कार्यतालिका

  • उम्मेदवारी मनोनयन: कात्तिक २८–३०
  • उपत्यका बाहिर मतदान: पुस ४–५
  • उपत्यकामा मतदान: पुस ११–१२

उम्मेदवार डा. राम थापा क्षेत्री : एक संक्षिप्त परिचय

धादिङ नीलकण्ठ–३ शान्तबजार निवासी डा. राम थापा क्षेत्री MBBS (राजशाही विश्वविद्यालय, बंगलादेश) र MHCM (पोखरा विश्वविद्यालय) उत्तीर्ण चिकित्सक हुन्।
हाल उनी स्वास्थ्य बीमा बोर्ड, बाबर्महालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। साथै, पोखरा विश्वविद्यालयको हेल्थ केयर म्यानेजमेन्ट विभाग र CTEVT मा समेत अध्यापन गर्दै आएका छन्।

स्वास्थ्य क्षेत्रको नेतृत्व र सामाजिक सेवामा उनी निरन्तर सक्रिय छन्।
उनका प्रमुख भूमिकाः

  • युवा डक्टर्स असोसिएसन (YDA) का संस्थापक सह–समन्वयक
  • नेपाल मेडिकल एसोसिएसनका पूर्व परिषद् सदस्य
  • DSON का पूर्व कार्यसमिति सदस्य
  • धादिङ हेल्थ सोसाइटीका पूर्व महासचिव
  • हेटौंडा अस्पतालका पूर्व अस्पताल प्रबन्धक
  • बिर अस्पताल, ट्रमा सेन्टर, TU MCVTC, श्री वीरन्द्र अस्पताल छाउनी र इच्छाकामना आधारभूत अस्पतालमा सेवा अनुभव

डा. क्षेत्री २०७२ को भूकम्प, जाजरकोट भूकम्प र कोभिड–१९ महामारीमा सक्रिय स्वास्थ्य स्वयंसेवकका रूपमा खटिएका थिए।
उनको अन्य सक्रियता—

  • नेपाल स्काउट्सका स्काउट मास्टर
  • आपतकालीन तथा मानसिक स्वास्थ्य सचेतना प्रशिक्षक
  • लायन्स क्लब अफ काठमाडौं लिडरशिपका उपाध्यक्ष
  • वर्ल्ड रग्बी मेडिकल डॉक्टर

पुरस्कार तथा मानसम्मान

डा. क्षेत्रीले प्राप्त गरेका प्रमुख सम्मानः

  • प्रबल जनसेवा श्री चतुर्थ
  • राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८०
  • Best Emerging Health Leader
  • Best e-media Influencer Award 2024
    साथै, उनले भारतको चण्डीगढमा आयोजित International Public Health Management Development Program मा पनि सहभागिता जनाएका छन्।