माओवादी केन्द्र  धादिङले जेष्ठ २९ गते जनप्रतिनीधिहरुको भेला गर्ने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २९, २०८२

धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङले यहि जेष्ठ २९ गते बेनीघाट रोराङ गाउँपालिकाको नव निर्मित भवनमा माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनीधिहरुको भेला तथा प्रशिक्षणको कार्यक्रम गर्ने भएको छ ।

स्थानीय तहले आगामी वर्षका लागि वजेट बनाउँदै छन्, जनअपेक्षा अनुसार वजेट बनाउन र यस अघिको कामको समिक्षा गर्न भेला तथा प्रशिक्षणको आयोजना गरिएको जिल्ला संयोजक मनराज भण्डारीले बताए ।

०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धादिङबाट पालिका प्रमुख ३ सहित उप्रमुखमा ४, वडा अध्यक्षमा ३२ र सदस्य सहित १ सय ५४ जना जनप्रतिनिधीहरु निर्वाचित भएका थिए ।