
काठमाडौं । अमेरिकाले डिपोर्ट अर्थात् निष्कासित गरि ३७ जना नेपालीहरू गएराति काठमाण्डौ फर्काईदिएको छ । उनीहरु चार्टर्ड विमानमार्फत काठमाडौं आईपुगेका छन् ।
डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाण्डौ आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् ।