प्याब्सन धादिङद्वारा सामाजिक विषयका शिक्षकलाई अभिमुखिकरण

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २५, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङले आज शनिबार प्याब्सनमा आवद्ध विद्यालयका सामाजिक विषयका शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको अध्यक्षतामा सिम्लेमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा ६३ जना शिक्षकहरु सहभागी थिए । कार्यक्रमलाई सामाजिक विषय विज्ञ शिव प्रसाद रुपाखेतीले सहजिकरण गरेका थिए ।

विज्ञ रुपाखेतीले पाठ्यक्रमको राम्रो बुझाइ, शिक्षण विधि (Pedagogy) सुधार, मूल्य र नैतिकताको समावेश, ICT वा डिजिटल उपकरण प्रयोगको ज्ञान, मूल्याङ्कन दक्षता विकास, अभिभावकसँगको सम्वन्ध सुदृढ सँगै आत्मविश्वास र प्रेरणा वृद्धि लगायतका विषयहरुमा सहजिकरण गराएका थिए ।

प्याब्सन धादिङले हरेक विषयका शिक्षकहरु सहभागिता गराई विषयगत अभिमुखिकरण (orientation/training) कार्यक्रम राख्दै आएको छ । यस्तो कार्यक्रमले शिक्षणको गुणस्तर, विद्यार्थीको सिकाइ र विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।