
धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका घर भई प्रवासमा रहेका हरिभक्त मगरातिको प्रस्तुतिमा सन्दिप स्याम्चेन तामाङ र मंगलसिंह पजाको स्वरमा राम्रो भनेकै माओवादी बाेलकाे गित सार्वजनिक भएको छ ।
नेपाली जनप्रगतिशील मन्च साउदी अरेबियाको सचिव तथा माओवादी केन्द्रका युवा नेता समाज सेवी मगरातिले यस अघि तामाङ म्हेन्दोमाया गायक सर्जक सन्दिप स्याम्चेनले तामाङ म्हेन्दोमाया, लोक दोहोरी, पप, आधुनिक, सेलो गित र विभिन्न पार्टीको गितहरु सार्वजनिक गरेका थिए ।
उनले अघि बढ प्रचण्ड, हाम्रो देश राम्रो देश कल्ले बनाउने माओवादीले हो । भन्ने पार्टीगत गित बजारमा ल्याएका थिए भने यो पछिल्लाे गितमा पछिल्लो समय माओवादीले गरेका राम्रो कामहरु र माओवादी कै जनलहर भएको माओवादी जनताको रोजाइको पार्टी रहेको सन्देश दिने खालको गीत रहेको यो गितले साथ पाउनेमा उनले आशा गरेका छन् ।
जिल्लामा लाेकप्रिय गायकका रुपमा आफुलाई स्थापित गर्न सफल सन्दिप स्याम्चेन तामाङ र मंगलसिंह प्रजाकाे स्वरमा सार्वजनिक भएकाे राम्रो भनेकै माओवादी गीत