
धादिङ । धादिङ जिल्ला घर भई जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था धादिङ समाज जापान क्षेत्रीय समिति कान्साईको दोस्रो अधिवेशनबाट बेनीघाट रोराङका विकास अधिकारी संयोजकमा चयन भएका छन् ।
ओसाकामा भव्य रूपमा सम्पन्न दोस्रो अधिबेशनबाट समितिको सह-संयोजकमाद्वय सन्तोष धिताल र विशु गैरे, सचिवमा हरिशरण अर्याल,सहसचिवमा कपिल इटनी, कोषाध्यक्षमा रामकुमार सुवेदी, सह-कोषाध्यक्षमा सुदिप रिमाल सदस्यहरूमा जानुका सुवेदी, सागर तामाङ, नारायण अधिकारी, सुजन रिमाल, राम बानियाँ र लक्ष्मी जिसी अर्याल चयन भएका छन् ।
समाजको वर्तमान संयोजक दिपक भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा धादिङ समाज जापानको अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यता, धादिङ समाज जापानको वरिष्ठ उपाध्यक्ष विजय सडौला,महासचिव सुशान्त बानियाँ, सचिवहरू दीपक बिष्ट र सरोज गिरी, तथा सदस्यहरू सुनिल जमरकट्टेल र भीमसेन कुँवर लगायतको आतिथ्यता रहेको थियो ।