प्याब्सन धादिङको चित्रकला प्रतियाेगिता सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ११, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङले आज जिल्ला स्तरीय चित्रकला प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

प्रतियाेगितामा छात्र तर्फ ग्लाेबल युनाइटेड त्रिपुरासुन्दरीका रमित गुरुङ प्रथम, चिल्ड्रेन पार्क धादिङबेसीका आयुष बराईली द्वितीय, एड्भान्स एकेडेमी धादिङबेसीका अभिक श्रेष्ठ तृतीय र राईजिङ स्टार बेनीघाट राेराङका समीर घले सान्ताेना भएका छन् ।

यस्तै छात्रा तर्फ मुनाल एकेडेमी गजुरीकी कृशुना डल्लाकाेटी प्रथम, राईजिङ स्टार बेनीघाट राेराङकी पवानी थपलिया द्वितीय, ग्लाेबल युनाइटेडकी सरु गुरुङ तृतीय र एड्भान्स एकेडेमीकी जेनिशा घले सान्त्वना भएका छन् ।

समग्र विद्यालय तर्फ ग्लाेबल युनाइटेड प्रथम, राईजिङ स्टार द्वितीय र एड्भान्स एकेडेमी तृतीय र मुनाल एकेडेमी सान्ताेना भएका थिए ।

विजेता विद्यार्थी र विद्यालयलाई प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष विनाेदमान श्रेष्ठ र जिल्ला अध्यक्ष दिनेश भट्टले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठका अनुसार विजेता छात्र/छात्राले यहि जेष्ठ ३० गते सिन्धुपाल्चोकमा हुने प्रदेश स्तरीय चित्रकला प्रतियाेगितामा सहभागी हुने छन् ।