लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ११, २०८२

धादिङ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रम नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको छ

क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रमबाट नव गठिक कार्य समितिमा अध्यक्ष विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्ष राजाराम रिजाल, द्वितीय उपाध्यक्ष डा. दिनेश रेग्मी, सचिव तारा रिजाल, सह-सचिव मन्दिरा आचार्य, कोषाध्यक्ष सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन भएका छन् ।

अध्यक्ष विक्रम विश्वकर्माको सामाजिक पृष्ठभूमी
१. वि.स.२०६०-०६१ सम्म २ कार्यकाल जूनियर युवा रेडक्रस सोसाईटी कर्नेश्वर मा.वि.को अध्यक्ष
२. कर्नेश्वर मा.वि.मा जूनियर युवा रेडक्रस सर्कलको अध्यक्ष हुँदा जिल्ला स्तरीय जूनियर युवा सर्कल सम्मेलनको आयोजना र काभ्रेको बनेपामा सम्पन्नम राष्ट्रिय जूनियर/युवा रेडक्रस सर्कलको कार्यक्रममा धादिङ जिल्लाबाट पुरूष विद्यार्थीको प्रतिनिधित्व
३. वि.स.२०६६-६७ सम्म अमृत साइन्स क्याम्पसमा २ कार्यकाल युवा रेडक्रस सर्कलको अध्यक्ष
४. नेपाल रेडक्रस सोसाईटी धादिङको आजीवन सदस्य
५. लायन्स क्लब अफ धादिङ काठमाण्डौं क्लबको द्वितीय उपाध्यक्ष

कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२५४-२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गरेकी थिईन । जसमा क्लब सञ्चालन गरेको विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा), चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कविता ईटनी उप्रेती, विशिष्ट अतिथि सिताराम अधिकारी र अतिथि लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल शुभकामना मन्तव्य राखेका थिए भने क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गरेका थिए ।