
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले यहि जेष्ठ १५ गतेबाट राजसंस्थाको पुनर्स्थापना सनातन धर्म सापेक्ष हिन्दु राज्यको घोषणा, संघीयताको खारेजीका लागि अनिश्चितकालिन जनआन्दोलन हुने बताएका छन् ।
गजुरीमा भएको जागरण सभामा बोल्दै राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक शाहीले संघीयताले देश टाट पल्टाउँदै छ यो आम देशवासीले महसुस गरेको र १५ गते देखि हुने राजसंस्थाको पुनर्स्थापना सनातन धर्म सापेक्ष हिन्दु राज्यको घोषणा, संघीयताको खारेजीको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
कार्यक्रममा राप्रपाको कार्यसम्पादन समिती सदस्य ठाकुर प्रसाद शर्मा, प्रशिक्षण विभाग उप-प्रमुख खुस्बु ओली लगायतका नेताहरुको विशेष आतिथ्यता रहेको थियो ।