वाईसीएल बागमतीमा धादिङबाट कोषाध्यक्ष सहित आठ जना निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ९, २०८२

धादिङ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनबाट कोषाध्यक्ष सहित आठ जना धादिङले पाएको छ ।

वार्यसीएल बागमतीको अध्यक्षमा भक्तपुरका नरेश रञ्जित चयन हुँदा कोषाध्यक्षमा धादिङका रोमि घले चयन भएका छन् । यस्तै सदस्यहरुमा धादिङबाट हरि तामाङ, चतुर तामाङ, हरि बरुवाल, श्यामसोन तामाङ, सरिता बस्नेत, एन्जिला खत्री र अन्जना बिसुराल लेखा आयोग सदस्य चयन भएका छन् ।

४०० बढी प्रतिनिधि सहभागी भागी उक्त सम्मेलनले ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी, सचिवमा प्रदीप तामाङ ङेमासङ सहसचिवमा क्रमशः विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति) र प्रीतिमा तामाङ (महिला) चयन भए ।