
धादिङ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा हरिबहादुर सिलवाल चयन भएका छन् ।
२९ सदस्यीय नवगठित कार्यसमितिको उपाध्यक्षमा बैकुण्ठ रिमाल र पम्फा मगराती, सचिवमा राजन अर्याल, सहसचिवमा देवकी दुवाडी, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ र सहकोषाध्यक्षमा अञ्जु थपलिया चयन भएका छन् ।
अधिवेशनले ठानप्रसाद बसौला, रामबहादुर खतिवडा, बलराम इटनी, र अर्जुन आचार्यलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ भने ११ जना प्रदेश प्रतिनिधि र इश्वर पन्तको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन भएको छ ।