अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ धादिङको अध्यक्षमा सानुकान्छा चयन

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ५, २०८२

धादिङ । अखिल नेपाल ट्रेड युनियन महासङ्ग घटक संघ अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ धादिङको अध्यक्षमा सानुकान्छा लो (सुमन) अध्यक्षमा चयन भएका छन् ।

भेलाले नमस्ते ग्यास उद्योगको ईकाई संयोजक शिव प्रसाद अधिकारी सह-संयोजक नवराज अधिकारी, गिता ग्यास उद्योग ईकाई संयोजक आषिश खतिवडा सह-संयोजक सुदर्शन लामिछाने, ओम ग्यास उद्योग ईकाई संयोजक कृष्ण कुमार श्रेष्ठ सह- संयोजक सुदर्शन सुवेदी सिद्धार्थ ग्यास उद्योग ईकाई संयोजक भैरव कोईरालालाई जिम्मेवारी दिई यथासिघ्र समिति निर्माण गर्न र बाकी रहेका पम्प प्रष्ठिानमा निर्वाचित समितिको पहलमा तुरुन्तै समितिहरु गठन गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल ट्रड युनियन महासङ्गका केन्द्रिय उपाध्यक्ष शोम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा केन्द्रिय उप-महासचिव शिव प्रसद पोख्रेल र माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा थाक्रे गाउपालिका ईन्चार्ज पित्त बहादुर डल्लाकोटी (हरि) को विशेष आतिथ्यता ,केन्द्रिय सचिव संगतिा बानिया संघका केन्द्रिय अध्यक्ष चिज कुमार ढकाल उपाध्यक्ष तथा बागमती प्रदेश ईन्चार्ज राजकुमार महर्जन महासचिव सनद लाल श्रेष्ठ ट्रेड युनियन महासङ्ग बागमती प्रदेश सह-सचीव तथा धादिङ् जिल्ला ईन्चार्ज बद्री सुवेदी थाक्रे गाउपालिका वडा नं. ६ का जन निर्वाचित अध्यक्ष श्री हिरा बहादुर थापा (राजेन्द्र) धुनिबेशी नगरपालिकाका प्रबक्ता तथा वडा नं. ६ का अध्यक्ष रमेश आचार्य संघका केन्द्रिय सचीव रेवती रमण खरेल कोषाध्यक्ष सुरोज महर्जन केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष दिपेन्द्र थापा, केन्द्रिय सदस्य दिपक बिडारि अखिल नेपाल ट्रेड युनियन महासङ्ग धादिङ जिल्ला वरिष्ठ उपाध्यक्ष भरत थापाआतिथ्यता रहेको थियो ।