
धादिङ । माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङले विज्ञप्ति जारी गर्दै जिल्ला पार्टीमा गुटबन्दी र चरम अन्तरविरोध नरहेकाे जनाएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, जेठ २ गते धादिङ न्युज डट कम, धादिङ प्रेस र सिङ्ला सञ्चार नामक अनलाइनमा ‘नेतृत्व विहिन बन्यो माओवादी केन्द्र धादिङ जिल्ला समिति र धादिङको माओवादी केन्द्र भित्र विवाद, नेतृत्व विहिन बन्यो’ भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ ।
जिल्ला संयाेजक मनराज भण्डारीले उक्त विज्ञप्ति मार्फत भनेका छन्, विधानतः नेकपा (माओवादी केन्द्र) को गाउँ र नगर सम्मेलन सम्पन्न भएपछि पुरानो समिति स्वतः विघटन हुने व्यवस्था रहेको छ । बागमती प्रदेश समितिको परिपत्र अनुसार ०८२ बैशाखभित्र जिल्ला संयोजकको अध्यक्षतामा जिल्ला भेला गरी नयाँ जिल्ला समिति र सचिव चयन गर्ने ब्यवस्था अनुसार पदेन जिल्ला समिति १०० जनाको गठन भएको र सचिव चयन बाँकी रहेको छ । जिल्ला संयोजक विधान बमोजिम बागमती प्रदेश समितिले वरिष्ठ प्रदेश सदस्यबाट चयन गर्न बाँकी रहेको छ । अर्को संयोजक चयन नहुन्जेलसम्म संयोजकमा क. मनराज भण्डारी (शैलेस) र जिल्ला इन्चार्जमा क. पुष्प विक्रम मल्ल (सिंह) कायम रहेको जानकारी गर्दछु ।
विज्ञप्ति जस्ताकाे तस्तै
