
धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा गाउँका मुखिया बा समाजसेवी ८५ वर्षिय हस्तबहादुर गुरुङकाे आज असामयिक निधन भएकाे छ ।
०५६ सालमा निर्वचित वडा अध्यक्ष बनेका स्व. हस्तबहादुर गुरुङ कुपाकाे खानेपानी, सडक र अन्य सामाजिक काममा ठुलाे याेगदान रहकाे जनाउँदै कुपा युवा समाजले उहाँको निधनले कुपामा ठुलाे क्षेति पुर्याएकाे जनाएकाे छ ।
स्व. हस्तबहादुर गुरुङकाे मकाउ बस्दै आएका अरुण गुरुङ सहित ४ भाइ छाेरा र १ छाेरी छन् । कुपा युवा समाजले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाे छ ।