
धादिङ । धादिङकाे थाक्रे गाउँपालिकालाई जनप्रतिनीधि, विव्यस, सरकारी विद्यालयका शिक्षक, शिक्षक अभिभावक संघका छोरा/छोरी सरकारी मै पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएकाे छ ।
बालबालिकाहरुले कहाँ, कुन विद्यालयमा पढ्दा उपयुक्त र पायक हुन्छ ? कुन विषय पढ्दा उपयुक्त हुन्छ भन्ने ‘कुरा स्वयं निवेदक वा निजका बालबालिकाहरुले छनौट गर्ने, निजहरूले नै निर्धारण गर्ने विषय भएको भन्दै उच्चले अन्तरिम अादेश दिएकाे हाे ।
यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी सूचना म्याद पाएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न समेत अन्तरिम आदेशमा भनिएकाे छ ।
