
धादिङ । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सवको अवसरमा धादिङ नीलकण्ठ नगरपालिका घर भई काठमाडौमा रहेर पत्रकारिता गर्दै आएका ध्रुव लम्सालनगद पुरस्कार सहित सम्मानित हुने भएका छन् ।
०५५ सालमा खुलामञ्च साप्ताहिकबाट पत्रकारिता सुरूवात गरेका लम्साल ०५७ सालदेखी स्पेशटाईम दैनिक, राजधानी दैनिक, नयाँ पत्रिका दैनिक हुँदै राजधानी डेलिडटकमको सम्पादक, केटिएम भ्वाईस हुँदै अहिले समयआवाज दैनिकमा सम्पादकको रूपमा कार्यरत छन् ।
०५७ देखि १० वर्ष सक्रिय चलचित्र पत्रकारिता गरेपछि बिट परिवर्तन गरेका लम्सालले चलचित्र पत्रकारिता पुरस्कार र सम्मान पाएका थिए । संघले अहिले २५ पुगेपछि रजत सम्मान गर्न लागेको हो ।
संघको बैठकले धादिङका ध्रुव लम्साललाई ५५,५५५ नगद सहित रजत सम्मान, विष्णु सुवेदी, नरेन्द्र बस्नेत (कोशी), जीवन पराजुली, वर्ष बस्नेत, रस्मी थापा र तुलसी प्रसाद निरौला (कोशी) लाई समेत नगद सहित चलचित्र पत्रकार पुस्कारप्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार वितरण कार्यक्रम र चलचित्र पत्रकार संघ नेपाल २६ औं राष्ट्रिय भेला जेष्ठ ७ गते श्रीअन्तु इलाममा हुने जनाईएको छ ।