नमुना युवा सांसदका लागि धादिङबाट ६ जनाको प्रतिस्पर्धा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २६, २०८२

धादिङ । ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ अभियान ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको दोस्रो चरणको निर्वाचन प्रक्रियामा धादिङबाट ६ जना छनोट भएका छन् ।

धादिङबाट ६ जना ( धादिङ २ बाट प्रविण कडेल, अश्विन दुवाडी र रुपक श्रेष्ठ, धादिङ १ बाट निरञ्जन रुपाखेती, श्यामकुमार लामा र शिवानी मगर) दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा छन् उनीहरु मध्य दुई क्षेत्रका लागि दुई जना निर्वाचित हुने छन् ।

युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने, सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध गराउने, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवद्र्धन गर्दै युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई बर्षसम्म अभियान चलाइने योजना अनुरुप सुरुभएको उक्त निर्वाचन प्रक्रियामा धादिङबाट दुई जना दोस्रो चरणको छनोट परेका हुन् ।

अभियानले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ ।