
धादिङ । धादिङ जिल्ला क्रिकेट संघले गणतन्त्र दिवसको अवसरमा आगामी जेष्ठ १५ देखि १८ गते सम्म अन्तरपालिका यू १९ टी २० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
अध्यक्ष देपेश कडेलका अनुसार प्रतियोगिता धादिङ जिल्ला अन्तरपालिका स्तरीय हुने भएपनि एक पालिकाका खेलाडी अर्को पालिकाबाट पनि खेल्न पाउने छन् ।
प्रतियोगिताको लागि सहयोग गर्न समेत अध्यक्ष कडेलले स्थानीय पालिका, देश तथा विदेशमा रहेका क्रिकेट प्रेमी धादिङबासीहरु सँग आग्रह गरेका छन् ।