दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु चयन

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २३, २०८२

धादिङ । माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको प्रथम अधिबेशनले अध्यक्षमा ज्ञानु बैजुलाई चयन गरेकाे छ ।

आशिस दुधराजकाे अध्यक्षतामा भएकाे उक्त अधिवेशनमा माेर्चाका केन्द्रीय उपाध्यक्ष, अमर विश्वकर्माकाे प्रमुख अतिथ्यता, माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवाध), बागमती प्र देश सदस्य हरि डल्लाकाेटीकाे विशेष आतिथ्याता रहेकाे थियाे ।

अधिबेशनबाट उपाध्यक्षमा राजेन्द्र सुनार, राजभक्त सुनार, सचिवमा गणेश विश्वकर्मा, सह सचिव अनिल परियार र काेषाध्यक्षमा ईश्वरी परियार चयन भएका छन् ।

प्रमुख अतिथि विश्वकर्माले अहिलेको संविधानमा जेजति राजनीतिक अधिकार र उत्पीडित जातजातिका जे जति अधिकार स्थापित भएका छन्, ती सबै माओवादीका कारण मात्र सम्भव भएको बताएका थिए ।