
धादिङ । रुवीभ्याली गाउँपालिका–४ बोराङ स्थायी घर भई विगत २० वर्षदेखि बेलायतमा बस्दै आएका झलक तामाङ अभिनित तेस्रो म्युजिक भिडियो “अर्को माया” सार्वजनिक भएको छ ।
प्रेममा धोका पाएपछि भोगिने पिडा र मनको अवस्थालाई उजागर गरिएको यो गीत लण्डनस्थित PPN Production UK ले सर्वजनिक गरेको हो ।
गीतमा रञ्जन राईको स्वर, नविन कार्कीको सङ्गीत र राजेन्द्र थापाको शब्द रहेको छ। विशाल निरौलाको एरेञ्ज र रञ्जन राईकै मिक्सिङ रहेको गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा कुसुम गुरुङ, झलक तामाङ र राज तामाङले अभिनय गर्दै प्रेम, धोका र विछोडको कथा प्रस्तुत गरेका छन् ।
प्रभु गुरुङको निर्देशन र परिकल्पनामा बनेको भिडियोमा आइडोले सिनेमाटोग्राफी, पवन सुस्लिङले सम्पादन र कलर मिलाएका छन् । गीतको मेकअप पुष्पा गुरुङले गरेकी छन् भने प्रमन गुरुङ सहायक सिनेमाटोग्राफर रहेका छन् ।