
काठमाडौं । नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको कोषबाट पत्रकार तेजेन्द्र केसीलाई नगद १ लाख सहित सम्मान गरेको छ ।
कार्यक्रममा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट अमृता अनमोल र आरपी आचार्यलाई जनही ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरिएको थियो ।
उक्त पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निमर्ला शर्मा र बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलले उक्त पुरस्कार प्रत्येक वर्ष रुपन्देही बसेर खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई प्रदान गर्ने गर्दछ यो वर्ष उक्त पुरस्कार तेजेन्द्रले पाएका हुन् ।