
काठमाडौं । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ कार्यक्रम गरेको छ उक्त कार्यक्रममा एमाले धादिङका नेता तथा कार्यकताहरुको सहभागीता थियो ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गरेको र धादिङबाट अधिकांश नेता तथा कार्यकर्ताहरु सहभागी भएको सगुन थापा मगरले धादिङपोष्टलाई बताए । भृकुटीमण्डपमा आयोजना भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको थियो ।
एमालेको सहि कार्यदिशाका कारण देशीविदेशी दलालहरु आतंकित रहेकाले एमालेमाथि चौतर्फी प्रहार भईरहेको छ युवाहरु कत्ति पनि विचलित नभई ०८४ को मिशनमा लाग्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए ।