
धादिङ । धादिङबेसीमा मंगलबार बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको बैठकले उपाध्यक्षमा सबिन अधिकारीलाई चयन गरिएको बरिष्ठ उपाध्यक्ष ले बताए ।
माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल र जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्यतामा भएको उक्त बैठकले ट्रेड युनियनका मोर्चाहरु हेर्ने गरि संयोजकहरु समेत तोकेको छ ।
जसमा यातायातको संयोजकमा प्रदिप भट्ट, पेट्रोलियम मोर्चाको संयोजकमा सुमन लामा, सरसफाई मजदुरमा मोहन परियार, होटलको किशोर श्रेष्ठ, गार्मेन्टको रितेश परियार, स्वास्थ्य स्वयम् सेविका मजदुरको कमला श्रेष्ठ, धातु घरेलुको राम सुनार लगायत छन् ।