
धादिङ । धादिङका चेपाङ समुदायलाई सहयोग गर्न धादिङ सेवा समाज कतारले भोली शुक्रबार नयाँ बर्ष २०८२ को अवसरमा “बृहत् साँस्कृतिक कार्यक्रम”को आयोजना गर्ने भएको छ ।
कार्यक्रमको अन्तिम तयारी सकिएको समाजका अध्यक्ष आयुष घलेले धादिङपोष्टलाई बताए भने कार्यक्रमका लागि चर्चित गायक मिलन लामा कतार पुगिसकेका छन् । गायक लामाका कृष्ण भिरमा जाम, हङ्कङ आईडिले माझीदाई पोखरा फेवातालको, छम्म छम्म नाचिदेउ, जुम्ला कालिकोटको, बेसारेको मन छईन मुखमात्रै, बारीमा बन्सो, गल्कोटे साईलो जस्ता सयौ गित सर्वाधिक चर्चामा छन् । अतिथी कलाकार लामाको साथमा कतारमा रहेका दुई दर्जन भन्दा बढी स्थानीय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।
अप्रेल ११ तारिकका दिन मुन्ताजामा पियरलिङ सिजनल स्कुलको सभाहलमा बिहान १० बजे देखि हुने कार्यक्रममा १ हजार भन्दा बढीको सहभागी रहने आयोजकले अनुमान गरेको छ । टिकट होल्डरहरूको लागी कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।
निशुल्क यातायात सेवा र सम्पर्क व्यक्ति
1. RASLAFAN/ALKHOR AREA (MORNING 8 O’ CLOCK)
Name : TUL BAHADUR TAMANG / AASISH MOKTAN
Contact: 30750138/50459779
2. GRAFFA (10:00)
Name : BINOD GOLE TAMANG
Contact: 74730200
3. WOKRA (10:00 / 10:30)
Name: MAIRAM TAMANG
Contact: 72044614
4. EDZAN / BIRKAT (10:00 / 10:30)
Name: RAMESH ITANI
Contact: 31056842
5. GRAND MALL / SANAYA (10:00/10:30)
Name: SHANKAR TAMANG
Contact: 50804301
6. UMM SALAL (9:50)
Name: SUJAN TAMANG
Contact: 30771189
7. MURRA/MAITHER/VILLAGGO AZIZIYA (10:30)
Name: RAJU TAMANG
Contact: 30878363
कार्यक्रमको बारे थप जानकारीका लागि अध्यक्ष आयुष घले, ३०१०७०६८, कार्यक्रम संयोजक गौतम वाईबा ३१४१६४२७, महासचिव रामहरी श्रेष्ठ ३०६८८२८२ सम्पर्क गर्न सकिने जनाईएको छ ।






















