प्रगतिशील लेखक सङ्घमा धादिङबाट तीन जना निर्वाचित

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २४, २०८१

धादिङ । नेपालका प्रगतिशील, वामपन्थी लेखक तथा साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक सङ्घ, नेपालको १३ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा धादिङबाट तीन जना निर्वाचित भएका छन् ।

राजधानी काठमाडौंमा सम्पन्न भएको उक्त सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सात प्रदेशका अध्यक्षहरू पदेन सदस्य रहने गरि ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् सहित ९१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सङ्घको नवनिर्वाचित उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा , महासचिवमा पारस ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा. हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी रहेका छन् ।

सम्मेलनले धादिङ जिल्लाबाट केन्द्रीय सदस्यमा कवि सृजना अर्याल तथा राष्ट्रिय परिषद् सदस्यमा लेखक सन्तोष सिम्खडा र कृष्ण रानालाई निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।